नियम ४
व्यवस्थापिका–संसद विकास कोष
(१) कोषको लागि नेपाल सरकारबाट प्राप्त हुने रकम र अन्य स्रोतबाट प्राप्त हुने अनुदान र सहायता रकम व्यवस्थापिका–संसद विकास कोषमा रहनेछ ।
(२) विदेशी सरकार, विदेशी कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था वा निकायबाटप्राप्त अनुदान र सहायतालाई नेपाल सरकारको वार्षिक बजेटमा प्रतिविम्बित हुने गरी आम्दानी खर्च गर्नु पर्नेछ ।